शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रधानन्यायाधीश चोलेन्द्रबारे देउवा नेतृत्वको गठबन्धनमा यस्तो निर्णय

प्रधानन्यायाधीश चोलेन्द्रबारे देउवा नेतृत्वको गठबन्धनमा यस्तो निर्णय

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 4.0K
    SHARES

  • प्रधानन्यायाधीश चोलेन्द्रबारे देउवा नेतृत्वको गठबन्धनमा यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बस्न सुझाव दिने निर्णय गरेको छ ।

    आज बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

    गठबन्धनको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यबाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिए ।

    बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यबाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।’

    गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेता सहभागी रहेका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्र कोरोना संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचार गरिरहेका छन् । सर्वोच्च अदालतमा बुधवारबाट गोला प्रक्रियाबाट पेशी तोकिएको छ ।

    नेपालको संविधानको धारा १२९(६) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले सर्वोच्च अदालतमा उपस्थित हुन नसकेमा वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था रहेको छ तर बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका जबराले बिदा भने लिएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend