काठमाडौं – आज सोमवार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले सोमवार बिहान बुलेटिन जारी गर्दै ३ दिनसम्म प्रदेश १ र गण्डकीमा हिमपात हुनसक्ने जनाएको छ ।
आज सोमवार दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य प्रदेशमा आंशिक बदली हुनेछ । राति देशभर आंशिक बदली हुने छ ।
प्रदेश १ र गण्डकीमा भने दिउँसो र राति पनि हल्का हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
हिमपातको सम्भावना बुधवारसम्म रहे पनि मंगलवार दिउँसो पहाडी भूभागमा बदली हुने र बाँकी भागमा मौसम सफा रहने बताइएको छ । बुधवार प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक तथा सामान्य बदली हुने जनाइएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने विभागले जानकारी दिएको छ ।
हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले सामान्य तथा आंशिक रूपमा बदली भइरहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आगामी ३ दिनको मौसम –
मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक २२ गते (सोमबार)
दिउँसो: देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक २३ गते (मंगलबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक २४ गते (बुधबार)
दिउँसो: देशको प्रदेश न १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।