आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

तिहारमा देउसी खेल्न हिँडेको टोलीलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ९ घाइते

तिहारमा देउसी खेल्न हिँडेको टोलीलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ९ घाइते

  • मिडिया डबली
  • आइतवार, कार्तिक २१ २०७८

  • 2.8K
    SHARES

  • तिहारमा देउसी खेल्न हिँडेको टोलीलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ९ घाइते

    काठमाडौं – तिहारको अवसरमा देउसी खेल्न हिँडेको टोलीलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

    शनिबार राति भएको घटनामा ९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगर–१९ स्थित नेवारपानीमा शनिवार राति १० बजे देउसी खेल्दै हिँडेका स्थानीयलाई हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बसले ठक्कर दिएको छ ।

    बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ वर्षीय प्रेमबहादुरसिंह ठकुरी छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ९ जना घाइतेहरूमध्ये १ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने ८ जनाको उपचार भइरहेको छ ।

    दुर्घटनामा घाइते भएकामध्ये हाल ५ जनाको हेटौंडा उपमहानगरपालिका–११ स्थित चुरेहिल अस्पताल र ३ जनाको भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए । घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी समेत गरेका छन् ।  

    आगजनीबाट बस पूर्ण रुपमा ध्वस्त भएको जनाइएको छ । सडकमा बस आगजनीका कारण केही घण्टा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि प्रहरीले बस चालक र एक स्थानीयलाई पक्राउ गरेको छ । बस चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ बस्ने ३८ वर्षीय अमितकुमार कार्की र घटनापछि बसमा आगजनी नियन्त्रण र राजमार्ग खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुडा गर्ने हेटौंडा उपमहानगरपालिका–१९ निवासी ३२ वर्षीय सुनिल ठकुरीलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक २१ २०७८०८:५१:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend