मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

सर्वाेच्चभित्र चोलेन्द्र राणालाई घुँडा टेकाउन अब देशैभर यस्तो ‘एक्सन’

सर्वाेच्चभित्र चोलेन्द्र राणालाई घुँडा टेकाउन अब देशैभर यस्तो ‘एक्सन’

  • मिडिया डबली
  • आइतवार, कार्तिक २१ २०७८

  • 807
    SHARES

  • सर्वाेच्चभित्र चोलेन्द्र राणालाई घुँडा टेकाउन अब देशैभर  यस्तो ‘एक्सन’

    काठमाडौं – पदीय दुरुपयोग गर्दै सरकारमा भागबण्डा खोजेको आरोप लागेपछि विवादमा फसेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने माग नेपाल बार एसोसिएसन लगायत संघसंस्थाले राख्दै आएका छन् ।

    प्रधानन्यायाधीश राणा भने आफू संविधानअनुसार नियुक्त भएकाले संवैधानिक प्रावधानअनुसार नै बहिर्गमन हुने अडानमा छन् । यस्तै अवस्थामा बार एसोसिएसनले आन्दोलन समेत गर्‍यो तर राणालाई खासै फरक परेन ।

    images

    अब नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । बारले दिएको अल्टिमेटमअनुसार राणाले पदबाट राजीनामा नदिएको भन्दै आज आईतवार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

    प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा बारले यसअघि नै गरिसकेको छ ।

    बारले आज आईतबार देशभरका ९० बार इकाइसँग भर्चुअल छलफल गरेर राणाको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गर्ने नेपाल बार स्रोतले जनाएको छ । आईतबारको बैठकमा राणाविरुद्व सडक आन्दोलनदेखि देशभरका अदालतमा बहस वहिष्कारसम्मका एजेन्डामा छलफल हुने भएको छ ।
     
    बारले विभिन्न चरणमा सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर प्रधानन्यायाधीश राणाविरुद्ध प्रदर्शन गरिसकेको छ ।

    बारले देशभरका ९० वटा इकाइहरूलाई आन्दोलनमा ऐक्यबद्धता र सहभागिता जनाउन परिपत्र गरिसकेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २३ २०७७०६:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend