आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

समीक्षा अधिकारीपछि पल शाहले पनि दिए प्रस्टीकरण, वास्तविकता के हो ?

समीक्षा अधिकारीपछि पल शाहले पनि दिए प्रस्टीकरण, वास्तविकता के हो ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक ८ २०७८

  • 7.1K
    SHARES

  • समीक्षा अधिकारीपछि पल शाहले पनि दिए प्रस्टीकरण, वास्तविकता के हो ?

    काठमाडौं - यतिबेला अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचको सम्बन्धबारे व्यापक टीकाटिप्पणी भइ्ररहेको छ ।

    एक टेलिभिजन कार्यक्रम र केही न्युज पोर्टलले पल र समीक्षाबीच सम्बन्ध रहेको र बिहेको कागजात पनि भइसकेको समाचार आएपछि अहिले दुवैजना आफ्नो चरित्रहत्या भएको भन्दै स्पष्टीकरण दिनमै व्यस्त छन् ।

    आइतबार मात्र समीक्षाले लामो स्टाटस सामाजिक सञ्जालमा लेख्दै आफू र पल शाहबीच त्यस्तो कुनै सम्बन्ध नभएको र बिहेको सहमति पनि नभएको दाबी गरेकी थिइन् ।

    आइतबार राति नै अभिनेता पल शाहले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै समीक्षा अधिकारीसँग आफ्नो सम्बन्धलाई लिएर आएका समाचारमा भ्रममा नपर्न आग्रह गरेका छन् ।

    उनले केही दिनदेखि आफू र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट आफ्नो परिवार दुःखी भएको उल्लेख गरेका छन् ।

    ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। तर हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखी बनाएको छ । यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्रहत्या हुने गरी समाचार नबनाइदिनुहुन अनुरोध गर्दछु,’ पलले लेखेका छन् ।

    पछिल्लो समय गायिका समीक्षा अधिकारी गायन र पल शाह अभिनय तथा सामाजिक सेवाका कारण चर्चामा आइरहेका छन् । दुवैले सँगै म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । त्यसैबेला पल समीक्षाबीच प्रेम सम्बन्ध मौलाएको उनी निकट स्रोतहरूले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ७ २०७९१०:१५:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend