काठमाडौं – संसारभर छरिएर रहेका नेपालीले धुमधामसँग दशैं पर्व मनाइरहेका बेला अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टीका लगाउने उत्तम साइतको स्थानीय समय सार्वजनिक गरेको छ ।
विश्वभरका विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले जिज्ञासा राखेको भन्दै समितिको बैठकले आधिकारिक समय निर्धारण गरेको छ ।
निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले विज्ञप्ति जारी गर्दै विभिन्न देशको स्थानीय समयअनुसार दशैं टीकाको उत्तम साइत सार्वजनिक गरेका छन् ।
समितिले दिएको साइत टीकाको निमित्त सबैभन्दा उपयुक्त समयका रुपमा निर्धारण गरिएको भएपनि विजयादशमीको दिन आफ्नो समयमा टीका लगाउन सकिने छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।