आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मेरो त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ : भीम रावल

मेरो त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ : भीम रावल

  • मिडिया डबली
  • मंगलवार, भाद्र २९ २०७८

  • 5.9K
    SHARES

  • मेरो त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ : भीम रावल

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले पार्टीको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

    आज मंगलवार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएकाले एमालेलाई जीवन्त राख्न आफू त्याग गर्न तयार रहेको बताएका छन् ।

    १० बुँदे सहमति अनुसार सुदूरपश्चिम प्रदेश इन्चार्ज पद उपाध्यक्ष रावलले पाउनुपर्नेमा पूर्व माओवादी नेता लेखराज भट्टलाई दिइएकोमा रावल असन्तुष्ट छन् । यस्तै बेला रावलले धनगढी पुगेर आफू त्याग गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् ।

    उपाध्यक्ष रावलले आफू त्याग गर्न तयार भए पनि कसैले पाखा लगाउन खोजेको खण्डमा त्यसको परिणाम नराम्रो हुने बताए । उनले भने, ‘एमाले बचाउनका लागि म मात्र होइन, सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ती हुनेछ ।’

    उपाध्यक्ष रावलले सम्पूर्ण कार्यकर्तालाई एकताका पक्षमा उभिन समेत आग्रह गरेका छन् । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा रावलले जोड दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend