बुधवार, आषाढ १५ २०७९Jun 29 2022

Logo
images
images
images
images

एमाले र जसपाको साइज कत्रो रहला ? आज अन्तिम फैसला

एमाले र जसपाको साइज कत्रो रहला ? आज अन्तिम फैसला

  • मिडिया डबली
  • मंगलवार, भाद्र २२ २०७८

  • 2.8K
    SHARES

  • एमाले र जसपाको साइज कत्रो रहला ? आज अन्तिम फैसला

    काठमाडौं - पार्टी विभाजनपछि एमाले र जसपाको साइज कत्रो हुने भन्ने आज देखिने भएको छ ।

    राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोजी सक्नुपर्ने समयावधि आज सकिँदैछ ।

    images
    images
    images
    images

    निर्वाचन आयोगले ती दलबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयावधि दिएको थियो । जसअनुसार जिल्ला जिल्लामा एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट लोसपा रोज्ने क्रम चलिरहेको छ । 

    सातवटै प्रदेशका प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले धमाधम विभाजित पार्टी रोजिरहेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रदेशमा पनि २२ प्रतिशत जनप्रतिनिधि पुगेको दाबी गरिएको छ । प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा त एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनिसकेको छ ।

    २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भएमा दल विभाजन गर्न मिल्ने गरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले २ भदौमा जारी गरेपछि एमाले र जसपा विभाजन भएका थिए ।

    संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि आजदेखि आ–आफ्ना दलमा सामेल हुने भएका छन् । हिजोसम्म एमाले विभाजन भएको होइन, चोइटिएको मात्र हो भन्ने एमालेका केपी ओली पक्षका नेताहरूले आज आउने परिणामपछि पार्टीको साइज बल्ल थाहा पाउने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०६:५४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend