काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा मध्यमार्गी धारमा देखिएका उपाध्यक्ष भीम रावलमाथि वरिष्ठ नेता माधव नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा लाग्न चर्काे दबाब परेको छ ।
काठमाडौं आएका सुदूरपश्चिम प्रदेशका सांसद तथा नेताहरुले उपाध्यक्ष रावललाई आईतबार भेटेर नेता नेपालको पार्टीमा लाग्न दबाब दिएका छन् ।
प्रदेश सभामा रावलनिकट रहेका १७ जना सांसदमध्ये ३ जना मात्रै नेपाल पक्षमा प्रस्टसँग खुलेर लागेका छन् । तर अधिकांश सांसदले नेपालसँगै जान दबाब दिएका छन् ।
हालसम्म सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र पूर्व मन्त्री माया भट्ट नेपाल पक्षमा खुलेका छन् । उपाध्यक्ष रावलकै पक्षधरताको पर्खाइमा रहेका बाँकी १४ जना नेताले रावललाई नेपालको पार्टीमा लाग्न दबाब दिएका छन् ।
उपाध्यक्ष रावललाई भेटेका नेताहरु गरिमा शाह, तारालामा तामाङ, उर्बादत्त पन्त लगायतले नेपालको पार्टीमा लाग्न आग्रह गरेका छन् ।
उपाध्यक्ष रावलले आफ्नो पक्षधरताबारे स्पष्ट जवाफ नदिएको जनाइएको छ । आईतवार सिंहदरबारमा प्रदेशस्तरका नेतासँग भएको भेटपछि रावलले नेपाल पक्षमा रहँदै आए पनि पार्टी विभाजनको पक्षमा हस्ताक्षर नगरेका सांसदहरुसँग छलफल गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।