आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच 

ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच 

  • मिडिया डबली
  • आइतवार, भाद्र ६ २०७८

  • 5.7K
    SHARES

  • ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच 

    पाकिस्तान - पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् ।

    ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स ११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आइकोनिक प्लेअरको रुपमा ल्याएको हो ।

    ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी २० आई खेलेका छन् । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् । उनले पछिल्लो पटक मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग खेलेका थिए ।

    आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । 

    अफ्रिदीको नेपाल यात्राले क्रिकेट दुनियाँमा खुसीयाली ल्याउने भए पनि समग्र मुलुकको छविमा भने आँच पुर्याउने भएको छ । आतंकवादी समूहका सदस्य समेत रहेको अफ्रिदी नेपाल आउँदा नेपालको स्वाधिनता र स्वाभिमानको छविमा आँच आउने भएको हो । 

    शाहिद पीओके टी२० क्रिकेट लिगका पूर्व आतंकवादी समूहका कमाण्डर साहिदलाई नेपालमा मुख्य आकर्षकको रुपमा लिन थालिएको भन्दै अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक वृतमा आलोचना भइरहेको छ ।

    शाहिदका भाइ साकिब अफ्रिदीको सन् २००३ सेप्टेम्बर ७ मा काश्मीरमा भएको आतंकवादी आक्रमणका क्रममा मारिएका थिए । बीएसफ र आतंकवादी समूह हारकट उल अन्सार नामको आतंकवादी समूहका सदस्य रहेको साकिबको सीमा सुरक्षा बलसँगको भिडन्तका क्रममा मारिएका थिए । 

    240031893_529958438079629_4652563247599116521_n.jpg

    उक्त आतंकवादी समूहको पछि नाम परिवर्तन गर्दै लस्कर इ तैबा राखिएको थियो । यस समूहलाई ग्लोबल टेरोरिस्टको सूचीमा राखिएको छ । साकिबको मृत्युपछि शाहिदले भारत सरकारको चर्को आलोचना गरेका थिए । 

    भूराजनीति निकै जटिल भएको अवस्थामा अफ्रिदीको नेपाल यात्रा निकै गम्भीरतापूर्वक लिइएको छ । यसले नेपालको स्वच्छ र निष्पक्षताको छविमा आँच आउने जनाइएको छ । आतंकवादीहरुको आश्रयस्थलको रुपमा चिनिएको पाकिस्तानका आतंकवादी परिवारका सदस्य नेपाल आउन दिन नहुने भन्दै विरोधका आवाजहरु पनि उठिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend