आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सिया समुदायलाई पाकिस्तानमा निशाना बनाइयो : राजनीतिज्ञ

सिया समुदायलाई पाकिस्तानमा निशाना बनाइयो : राजनीतिज्ञ

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ४ २०७८

  • 4.0K
    SHARES

  • सिया समुदायलाई पाकिस्तानमा निशाना बनाइयो : राजनीतिज्ञ

    इस्लामावाद - पाकिस्तानमा रहेको शिया राजनीतिक समूहले आफूहरुलाई निशाना बनाइएको दाबी गरेको छ । मजलिस वहादत ए मुस्लिमिनका महासचिव मौलामा सादिक जाफरी आफूहरुलाई देशमा निशाना बनाइएको र आफूमाथिको ज्यादती बढाउँदै लगिएको आरोप लगाएका छन् । 

    यसैबीच, शिया बेपत्ता व्यक्ति र परिवारका लागि पाकिस्तानको संयुक्त कार्य समिति (जेएसी) प्रतिनिधि मौलाना हैदर अब्बासले  पाकिस्तानमा कानुन भएको र कानुनले दोषीलाई कारबाही गर्नेसमेत बताएका छन् । 

    अब्बासले कसैले कमसेकम बेपत्ता भएका व्यक्ति बारे बताउने र दाषीलाई कारबाही गर्ने विश्वास व्यक्त गरेका छन् । उनले दोषीहरुलाई अदालतमा लैजानका लागि सरकारले सहयोग गुर्नपर्नेसमेत उनल बताएका छन् । आफूहरु प्रणालीमा विश्वास गर्ने भएकाले अपराधी कुनै पन िअवस्थामा उम्किन नसक्ने दाबी गरेका छन् । 

    यसअघि पाकिस्तानको सिन्ध उच्च अदालतले इमरान खान सरकारलाई बेपत्ता व्यक्तिको मुद्दामा उदासीनता देखाएको भन्दै तत्काल उनीहरुको वास्तविकताबारे छानबिन गराएर दोषीलाई कारबाही गर्न आदेश दिएको थियो । 

    यसअघि बेपत्ता परिवारका सदस्यहरुले आफ्नो परिवारको सदस्यको वास्तविक अवस्थाबारे जानकारी गराउन माग गर्दै देशव्यापी आन्दोलन र प्रदर्शनहरु गरेका थिए । तर, सरकारले भने हालसम्म कुनै पहल गर्न सकेको छैन । 

    जेएसीका सदस्यहरूले बारम्बार आश्वासन दिए पनि बेपत्ता व्यक्तिको पत्ता लाग्न सकेको छैन । जबर्जस्ती बेपत्ता हुनु पाकिस्तानको मानवअधिकारको रेकर्डमा लामो दाग भएको छ ।

    डनले रिपोर्ट गरेको छ कि लगातार सरकारहरुको अपराधीकरणलाई रोक्ने प्रतिबद्धताका दण्डहीनताले बढावा पाइरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend