आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

तामिल विद्रोही-पाकिस्तान सम्बन्ध : तामिलले भारतमा भित्र्याएको एक ४७ र बारुद बरामद पाकिस्तानबाट ल्याइएको खुलासा

तामिल विद्रोही-पाकिस्तान सम्बन्ध : तामिलले भारतमा भित्र्याएको एक ४७ र बारुद बरामद पाकिस्तानबाट ल्याइएको खुलासा

  • मिडिया डबली
  • बुधवार, भाद्र २ २०७८

  • 7.6K
    SHARES

  • तामिल विद्रोही-पाकिस्तान सम्बन्ध : तामिलले भारतमा भित्र्याएको एक ४७ र बारुद बरामद पाकिस्तानबाट ल्याइएको खुलासा

    पाकिस्तान - राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २५ मार्चमा केरलाको तटबाट श्रीलंकाको डुंगामा लयाउँदै गरेको अवस्थामा बरामद गरिएको एके ४७ राइफल र बारुद पाकिस्तानबाट ल्याइएको खुलासा भएको छ । 

    करिब तीक करोड बराबरको हिरोइनसहित बरामद गरिएका हतियारको तस्करीमा पाकिस्तानी नागरिकसमेत संलग्न रहेको पाइएको हो । त्यस्तै गरी, चेन्नईका दुई बासिन्दाहरुको कथित रुपमा लिबरेशन टाइगर्स अफ तमिल इलमका सदस्यहरुमार्फत उक्त सामग्री भारत भित्र्याइएको हो । 

    एनआईएले विगत १३ दिनमा ३० वर्षीय सुरेश राज उर्फ ​​चिन्ना सुरेश  र २१ वर्षीय सौन्दराजन उर्फ ​​सुन्दरलाई सोधपुछ गर्दा यो विवरण प्राप्त गरेको हो । दुबै जनालाई पहिलो पटक तमिलनाडु क्यू शाखाले पक्राउ गरेको थियो । पछि, एनआईए अदालतको एक निर्देशनको पालन गरेर उनीहरुलाई कोच्चि ल्याइएको अनुसन्धान थालिएको बताइएको छ । 

    ूदुबै जनाले पाकिस्तानमा एक संदिग्ध सहित विदेशी ह्यान्डलरहरुसंग उनीहरुको संदिग्ध भूमिका र उनीहरुको सम्बन्धको खुलासा गरेका छन् । पाकिस्तानी नागरिकले ठूलो मात्रामा हेरोइन, हतियार र गोला बारुद आपूर्ति गरेका थिए । एनआईएले माछा मार्ने जहाजहरुमा लागुऔषध र हतियार तस्करी गर्ने गिरोहको व्यक्ति र संचालनको पहिचान गरेको छ । 

    लामो समयदेखि जम्मु काश्मीर नाका प्रयोग गर्दै आएको पाकिस्तान पछिललो समय जम्मु काश्मीरमा कडा भएपछि अर्को नाकाहरु प्रयोग गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend