आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पाकिस्तानमा पत्रकारमाथि हिंसा अस्वीकार्य, तत्काल अनुसन्धानको आवश्यकता  

पाकिस्तानमा पत्रकारमाथि हिंसा अस्वीकार्य, तत्काल अनुसन्धानको आवश्यकता  

  • मिडिया डबली
  • मंगलवार, भाद्र १ २०७८

  • 6.0K
    SHARES

  • पाकिस्तानमा पत्रकारमाथि हिंसा अस्वीकार्य, तत्काल अनुसन्धानको आवश्यकता  

    इस्लामाबाद - पाकिस्तानमा पत्रकारमाथि हुने दुव्र्यवहार तथा हिंसा अस्वीकार्य रहेको भन्दै द नेसन समाचारपत्रमा रिपोर्ट प्रकाशित भएको छ । 

    पाकिस्तानमा पत्रकारहरुमाथि हिंसा तथा आक्रमणको घटना वृद्धि भईरहेको बेला यस बिरुद्ध गम्भिर अनुसन्धान गनुपर्ने भन्दै द नेसन समाचारपत्रमा रिपोर्ट प्रकाशित भएको छ ।

    प्रोटेक्टिङ जर्नालिस्ट शीर्षकको रिपोर्टमा पत्रकारमाथि हुने हिंसा अस्वीकार्य रहेको र त्यसबिरुद्ध गम्भिर अनुसन्धान हुनुपर्ने उल्लेख छ । प्रहरी तथा कानुन कार्यान्वयन निकायहरुले यस्ता घटनामाथि गम्भिर तथा पारदर्शी छानबीन गर्नुपर्ने रिपोर्टमा उल्लेख छ ।

     पत्रकारहरुमाथि दुव्र्यवहार निरुत्साहन र नियन्त्रण गर्न सम्बन्धित निकायहरुले अनुसन्धान गर्नुपर्ने बताईएको छ । पछिल्लो समय सरकारको आलोचना गर्ने पत्रकार असद अलि तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आक्रमण भएको थियो ।

    आफ्नै  निवास अपार्टमेन्टमा आक्रमणकारीले पत्रकार तुरमाथि आक्रमण गरेको थियो । सरकारले यसअघि पत्रकारमाथिको आक्रमण बिरुद्ध कारबाही गर्ने तथा पत्रकारहरुको हित र सुरक्षाका लागि राष्ट्रिय सभा र सिन्ध सभामा बिशेष कानुन पारित गर्ने तयारी गरिरहेको बताएको थियो । उक्त कानुन प्रस्ताबमा पत्रकारहरुले आक्रमण र दुव्र्यवहार बिरुद्ध आवेदन गर्न एक आयोग स्थापना गर्नुपर्ने बताईएपनि हाल सम्म पारित हुन सकेको छैन ।

    पाकिस्तानमा पत्रकारहरुमाथि बढ्दो हिंसा बिरुद्ध सरकार र सम्बन्धित निकायले प्रभावकारी र तिब्र कारबाही प्रक्रिया अपनाउनु पर्ने रिपोर्टमा उल्लेख छ । स्रोत याहु न्युज

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend