आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित 

पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित 

  • मिडिया डबली
  • आइतवार, श्रावण ३१ २०७८

  • 5.6K
    SHARES

  • पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित 

    काठमाडौं - पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले हिन्दु बहुल राज्य नेपालका नागरिकहरु आक्रोशित बनेका छन् । 

    अगस्त ५ मा पाकिस्तानको पञ्जाब प्रान्तस्थित रहिम यार खान जिल्लाको बोङ सहरमा हिन्दु मन्दिरमा मुस्लिम समुदायको सयौं मानिसहरुको भिडले तोडफोड गरेका हुन् । 

    पाकिस्तानमा अगस्त ५ मा भएको हिन्दु मन्दिर तोडफोडको घटनाप्रति आपत्ति जनाउँदै नेपालको मानवअधिकार संगठनले पाकिस्तान सरकारलाई काठमाडौस्थित पाकिस्तानी दूतावासमार्फत पत्र पठाएको छ ।

    त्यस्तै हिन्दु मन्दिर तोडफोडको घटनालाई लिएर नेपालका हिन्दुवादीहरुले समेत ठाउँठाउँमा पाकिस्तानविरुद्ध प्रदर्शन समेत गरेका छन् । 

    नेपालमा व्यापकरुपमा पाकिस्तान सरकारविरुद्ध भइरहेको आन्दोलन र मानवअधिकार संगठनको ध्यानाकर्षण पत्रप्रति काठमाडौंस्थित पाकिस्तानी दूतावासलाई त्रसित बनाएको छ । पाकिस्तानी दूतावासले आफ्नो विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न नेपाली हिन्दूहरूको माग बारे जानकारी गराइएको छ । 

    नेपालमा पछिल्लो समय पाकिस्तान सरकारप्रतिको आक्रोश व्यापकरुपमा वृद्धि भएको छ । पाकिस्तानमा अल्पसंख्यक हिन्दु किशोरीहरुको अपहरण गर्ने, जबरजस्ती विवाह गराउने र धर्म परिवर्तन गराउने, मन्दिरहरुमा तोडफोड र आगजनी गर्नेलगायतका गतिविधिहरु भइरहेका छन् । तर, पाकिस्तान सरकारले भने यसप्रति कुनै चासो दिएको छैन ।

    पाकिस्तान सन् १९४७ मा भारतबाट विभाजन हुँदा २० प्रतिशतभन्दा बढी हिन्दु समुदायका मानिसहरु रहेका थिए । तर, हाल उक्त संख्या घटेर एक प्रतिशतभन्दा कम रहेको पाकिस्तानी सरकारको तथ्यांकले देखाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend