आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अफगानिस्तानका विदेशमन्त्रीले भने - पाकिस्तानमा रहेका आतंकवादी समूहबाट आक्रमण

अफगानिस्तानका विदेशमन्त्रीले भने - पाकिस्तानमा रहेका आतंकवादी समूहबाट आक्रमण

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 5.5K
    SHARES

  • अफगानिस्तानका विदेशमन्त्रीले भने - पाकिस्तानमा रहेका आतंकवादी समूहबाट आक्रमण

    काबुल - अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनीफ अतमारले छिमेकी देशका राजदूत र प्रतिनिधिहरुसँगको बैठकमा पाकिस्तानमा रहेका आतंकवादी समूह र तालिबानलाई समर्थन गर्ने अन्य आतंकवादी संगठनहरुले अफगानिस्तानमा हिंसा भड्काइरहेको बताइएका छन् । 

    अफगानिस्तानका विदेशमन्त्री हनीफ अतमारले राजदूत र छिमेकी देशका प्रतिनिधिहरुसँग भेटका क्रममा उक्त कुरा बताएका हुन् । पाकिस्तानमा रहेको आतंकवादी समूहले तालिबानहरुलाई लडाकू सहयोग गरिरहेको र तालिबानी समूहले अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गरिरहेको बताएका छन् । 

    पछिल्लो समय अफगानिस्तान सेना र तालिबानबीच अफगानिस्तानका धेरै सहरहरुमा झडप भएको छ । अफगानी विदेशमन्त्री अतमारले तालिबान हमलाहरूमा लश्कर ए तैयबा (एलईटी), तेहरिक ए तालिबान पाकिस्तान (टीटीपी), अन्सारुल्लाह, जुन्दल्लाह, अलकायदा, पूर्वी तुर्कस्तानका १०,००० भन्दा बढी क्षेत्रीय आतंकवादीहरु समूहका लडाकूहरु संलग्न भएकोसिमेत बताएका छन् । 

    इस्लामिक आन्दोलन (ईटीआईएम), र उज्बेकिस्तानको इस्लामिक आन्दोलन (आईएमयू) लगायतको पनि सहभागीता रहेको अफगानिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । 

    हालैका महिनाहरुमा तालिबान समूहले गरेको विभिन्न हिंसात्मक हमलाहरुमा तीन हजारभन्दा बढी मानिसहरुको ज्यान गयो भने तीन लाखभन्दा बढी मानिसहरु विस्थापित भएको जनाइएको छ । 

    उनले तालिबानको युद्ध अपराध अवर्णनीय रहेको र स्पिन बोल्दाकमा एक सयभन्दा धेरै मानिसहरुको हत्या, जबरजस्ती विवाह, ३०० भन्दा बढी सार्वजनिक पूर्वाधारको विनाश, र तालिबान नियन्त्रित क्षेत्रहरुमा सेवाहरु निलम्बन गरिएको जनाइएको छ । 

    बैठकको क्रममा क्षेत्रीय देशहरु र संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुले हिंसा तत्काल बन्द गर्न र शान्ति प्रक्रियालाई सुदृढ पार्ने पक्षमा जोड दिएका छन् ।

    अफगानिस्तानका लागि संयुक्त राष्ट्र महासचिवको विशेष प्रतिनिधि डेबोरा लियोन्सले अफगानका सरकारी कार्यालयमा भएको हमलाले मानवअधिकार र कानुनी शासनको पूर्ण उल्लंघन भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend