काठमाडौं – नेकपा एमालेमा विवाद चर्किएका बेला उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको पोख खुलेपछि नेता रावल आत्तिएका छन् ।
आत्तिएका रावलले आफूले पार्टीमा मध्यस्तता गर्न आग्रह नगरेको स्पष्टीकरण दिन खोजेपनि राष्ट्रपति भण्डारीलाई भेट्नुको कारण बताएनन् । पारिवारिक र निजी सम्बन्ध नरहेका राष्ट्रपति भण्डारीसँग उपाध्यक्ष रावलले भेट्नुलाई राजनीतिक रूपमै विश्लेषण भइरहेको छ ।
तैपनि उपाध्यक्ष रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टी विवादमा मध्यस्थता गरिदिन आग्रह नगरेको स्पष्ट पारेका छन् । ट्विटरमा प्रतिक्रिया जनाउँदै रावलले राष्ट्रपति भण्डारीलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न नमिल्ने समेत बताए ।
नेता माधवकुमार नेपाल पक्षका उपाध्यक्ष रावलले शनिवार अपराह्न शितलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । रावलले लेखेका छन्, ‘राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो । राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन ।’
भेटमा उपाध्यक्ष रावलले राष्ट्रपति भण्डारीलाई पार्टीको आन्तरिक विवाद समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गरेको समाचार बाहिरिएपछि रावलले आत्तिँदै अपुरो स्पष्टीकरण दिएका छन् । राष्ट्रपति भण्डारीसँग भेट्नुको स्पष्ट कारणबारे रावलले अझै बताएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।