शुक्रवार, आश्विन १ २०७८Sep 17 2021

Logo
images
images
images

पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

  • मिडिया डबली
  • सोमवार, श्रावण १८ २०७८

  • 1.8K
    SHARES

  • पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

    ग्लासगो - हिडन रुट्स नाम गरेको ट्विटर ह्यान्डलले यूरोपभरि भारत विरोधी प्रचार अभियानहरुको बारेमा खुलासा गरेको छ । पाकिस्तानी विदेश मन्त्रालय अन्र्तगतको रणनीति सञ्चार महाशाखाले भारतविरुद्धको विभिन्न भ्रमहरु फैलाएर प्रचार प्रसार गरिरहेको खुलासा भएको छ । 

    अगस्त ५ लाई उत्पीडन दिवसको रुपमा मनाउने र यसका लागि विभिन्न योजनाहरु बनाइएको पाइएको हो । यस सन्दर्भमा पाकिस्तानको विदेश मन्त्रालयले विश्वभर रहेको आफ्ना मिसनहरुमा पठाइसकेको बताइएको छ । 

    images

    अभियानको उद्देश्य सबै आधुनिक डिजिटल मिडिया प्लेटफर्महरुको उपयोग गरेर भारतविरुद्ध अधिकतम प्रचार गरेर प्रभाव बनाउनको लागी रहेको बताइएको छ । 

    पाकिस्तानले काश्मीरको घाटीको एक काल्पनिक घेराको आडमा भारत विरोधी (हिन्दू विरोधी र साम्प्रदायिक दुई राष्ट्र सिद्धान्त) अभियान पश्चिमी मुलुकहरुमा सञ्चालन गरेको हो ।  योम ए इस्तहलको कार्यान्वयन गर्न, र भारतविरुद्ध घृणा फैलायने अभियानको सबै कार्यहरुको समन्वय को लागि काश्मीरको लागि अन्तर्राष्ट्रिय गठबन्धन नामबाट एक छाता संगठन स्थापित गरीएको छ ।

    पाकिस्तान प्रायोजित र समर्थित गैरसरकारी संगठनहरु, पैरवीकर्ताहरु, कूटनीतिज्ञहरु, ईयूका सांसदहरु, अमेरिकी कांग्रेसीहरु साथै पाकिस्तानी डायस्पोराका प्रतिनिधिहरुलाई भारतविरुद्ध घृणा फैलाउनका लागि परिचालन गरिएको पाइएको हो । 

    भारतीय मिशनहरुमा अगस्त ५ मा अधिकतम संख्यामा मसाल जुलुस गर्ने र आन्दोलन गर्ने योजना बनाइएको खुलेको हो । यसका लागि सामाजिक सञ्जालमा नेटवर्कसमेत बनाइएको छ । एकै नामबाट टिवटर ह्यान्डल र फेसबुक पेज बनाएर इमेलसमेत खोलिएको र यही माध्यमबाट नेटवर्कमा जोड्ने काम भइरहेको पाइएको हो । 

    माथि उल्लेखित निर्देशनहरु पहिले नै पाकिस्तानी विदेशी मिशनहरुलाई पठाइएको छ र अगस्त ५ मा ट्वीट गरिने नाराहरुको सूची पनि जारी गरिएको छ ।

    करिब २० वटा नाराहरुको सूचीत ट्वीट् गर्नका लागि दुबै अंग्रेजी र रोमन भाषामा तयार पारिएका छन् । जसमा काश्मीरमा रक्तपात रोक्न विश्व अगाडि आओस् भन्नेजस्ता नाराहरु तयार पारिएका छन् । 

    जुलाई २६ मा पीओकेमा विधान सभाको धांधली चुनावको एक दिनपछि नीलम उपत्यका शारदामा अर्धसैनिक बलद्वारा एक युवकको हत्या भएको थियो भने पीओके पुलिस जवानसहित २५ भन्दा बढी घाइते भएका थिए । पाकिस्तानले आफ्नै मुलुकभित्र यसरी उत्पीडन गरिरहेको समयमा भारतविरुद्ध घृणा फैलाउनका लागि अगस्त ५ लक्षित षड्यन्त्र बुनिरहेको पाइएको हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १६ २०७७१०:५३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology