शुक्रवार, आश्विन १ २०७८Sep 17 2021

Logo
images
images
images

सत्ताच्युत हुने पालो सदनबाट भागेका शंकर पोखरेलको ! यस्तो हुँदैछ तयारी

सत्ताच्युत हुने पालो सदनबाट भागेका शंकर पोखरेलको ! यस्तो हुँदैछ तयारी

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 13.6K
    SHARES

  • सत्ताच्युत हुने पालो सदनबाट भागेका शंकर पोखरेलको ! यस्तो हुँदैछ तयारी

    काठमाडौं – लुम्बिनी प्रदेश सरकारका कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलले पटक–पटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि १ मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु ।’

    अरुलाई नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास नहुने पक्का भएपछि असार ३१ गते सदन (प्रदेशसभा बैठक) छोडेर भागेका थिए । 

    images

    बजेट निर्णयार्थ प्रस्तुत गर्ने बेला बैठक छाडेर भागेका उनले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरे । अधिवेशन अन्त्य भएको अर्को दिन प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।  

    अध्यादेशमार्फत बजेट प्रस्तुत गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले पत्रकार सम्मेलनमा आफूहरू अल्पमतमा रहेको बताएका थिए । मन्त्रीले नै सरकार अल्पमतमा रहेको बताउँदा पनि मुख्यमन्त्री पोखरेलले भने राजीनामा दिने नैतिकता देखाएका छैनन् ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको छ । जसपाका ३ सांसदलाई मन्त्री दिएर पोखरेलले सत्ता टिकाएका छन् । पार्टीबाट सरकारमा गएकालाई जसपाले कारबाही गरेपछि सरकार संकटमा पर्ने भएको छ ।

    गत वैशाख १९ गते संविधानको धारा १६८(१) बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री बनेका भनिएका पोखरेलले त्यतिबेलै जसपाका ४ सांसदलाइ मन्त्री बनाएर अल्पमतको संकट टारे । जसपाबाट मन्त्री बनेका मध्ये एक सुमन शर्मा रायमाझी राजीनामा दिएर पार्टीमा फर्किसकेकी छन् । उनी अहिले विपक्षी गठबन्धनमा रहेकी छन् ।   

    विपक्षी गठबन्धनले वैशाख ६ गते माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । प्रस्तावउपर छलफलका लागि वैशाख १९ गते विशेष अधिवेशन बोलाइएको थियो तर पोखरेलले सदन छल्न सोही दिन राजीनामा दिए र पुनः नियुक्तिको नाटक रचेका थिए ।

    स्पष्ट अल्पमतमा रहेका पोखरेललाई कीर्ते हस्ताक्षरको सहारामा एमालेको लेटरप्याडमा तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका थिए । अविश्वासको प्रस्ताव सामना गर्न असमर्थ पोखरेललाई पुनः मुख्यमन्त्री बनाउने उनका सारथी यादव अहिले प्रदेश प्रमुखबाट बिदा भएका छन् ।

    नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन कार्यभार समाल्न आउँदैछन् । नयाँ प्रदेश प्रमुखले कार्यभार समालेसँगै पोखरेलको नेतृत्वको सरकार ढाल्ने तयारी विपक्षी दलहरुको छ । विपक्षी गठबन्धन विशेष अधिवेशनको माग गरेर अविश्वासको प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको छ ।

    सरकार गठनका लागि आफूहरुसँग सुविधाजनक बहुमत रहेको दाबी विपक्षी गठबन्धनको रहेको छ ।

    यसअघि पोखरेलले प्रदेश प्रमुखको सहयोगमा अविश्वासको प्रस्ताव सदनमा दर्ता हुन नदिई संसद् अधिवेश अन्त्य गरेकाले अब कानुनी र संवैधानिक दुवै प्रक्रियाबाट अगाडि बढ्ने पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताएका छन् । त्यसो त जसपाको आधिकारिकता यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरकार धरापमा रहेका छ ।

    जसपाले प्रदेश सरकारमा सहभागी ३ जनालाई निष्कासन गर्न परिपत्र गरिसकेको छ । जसपा केन्द्रीय समिति बैठकले मंगलबार विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाइ पार्टीबाट निष्कासित गरी सांसद पदबाट मुक्त गर्न सभामुखलाइ पत्र पठाइसकेको छ ।

    प्रदेश सभामा जसपाका ६ सांसद रहेका छन् । तीमध्ये महन्थ ठाकुर पक्षका तीनजनाले पोखरेललाई साथ दिएपछि मन्त्री बनाइएको थियो । नीतिविपरीत सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरे पनि त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालत गएका थिए ।

    सर्वोच्चको अन्तरिम आदेशकै कारण उनीहरूको सांसद पद जोगीएको थियो । मुद्दाको अन्तिम सुनुवाइ भएको छैन । जसपाको आधिकारिकता यादव पक्षले पाएपछि उनीहरु फेरि पार्टीको कारबाहीमा परेका छन् ।

    जसपाको पछिल्लो कारबाही निर्णय कार्यान्वयन भए लुम्बिनी प्रदेशसभा ८० सदस्यीय हुनेछ । सरकार बनाउन ४१ सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्री पोखरेलसँग एमालेका ३८ सांंसदमात्र छन् । त्यसमध्ये सूर्य चिह्नबाट स्वतन्त्र चुनाव जितेका १ सांसदले उनको साथ छोडिसकेको स्रोतको दाबी रहेको छ ।  

    पोखरेललाई नेकपा एमाले माधवकुमार नेपाल पक्षका २ सांसदले समेत साथ नदिने बताइएको छ । विपक्षी गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन् । नेपाली कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १८, जसपा यादव पक्षका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद विपक्षी गठबन्धनमा रहेका छन् ।

    सभामुख पूर्णबहादुर घर्ती माओवादी केन्द्रबाट निर्वाचित भएकाले बराबर भएको अवस्थामा उनको मत विपक्षी गठबन्धनलाई जाने निश्चित छ ।

    अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले फेरि विश्वासको मत लिने बहानाबाजी गर्दै सत्ता लम्ब्याउन खोजिरहेका छन् । विश्वासको मत लिन विपक्षी गठबन्धनले चर्को दबाब दिँदा टेरपुच्छर नलगाएका उनले अहिले विश्वासको मत लिने बताइरहेका छन् । कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्दिन खानले मुख्यमन्त्री पोखरेलसँग अलिकति पनि राजनीतिक संस्कार र नैतिकता नभएको बताएका छन् ।

    नयाँ प्रदेश प्रमुखको आगमनसँगै अल्पमतको सत्ता ढल्ने दाबी गर्दै उनले विश्वासको मतको बहानामा सत्ता लम्ब्याउन नदिने बताएका छन् ।

    सरकारका प्रवक्ता मन्त्री चौधरीले भने आफूहरूसँग बहुमत पुर्‍याउने सामथ्र्य रहेको भन्दै विश्वासको मत लिने बताएका छन् । जसपाका तीन मन्त्रीको मुद्दामा अदालतले टुंगो नलगाउँदै पार्टीले कारबाही गर्न नमिल्ने उनले बताएका छन् । विपक्षी गठबन्धन नयाँ प्रदेश प्रमुखको स्वागतसँगै नयाँ सरकार गठन प्रक्रियामा जान आतुर रहेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology