क्वेटा - पाकिस्तानको बलोचिस्तान प्रान्तमा बलोचिस्तान अवामी पार्टी (बीएपी) र पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआइ) दलहरुले प्रान्तीय मुख्यमन्त्री प्रतिस्थापन गर्नुपर्र्ने माग गरेका छन् ।
बलोचिस्तान प्रान्तीय मुख्यमन्त्री जम कमल खानको कामप्रति असन्तुष्टि जनाउँदै प्रान्तीय विधानसभामा बीएपी र पीटीआई दलका सदस्यहरुले उनलाई प्रतिस्थापन गर्नुपर्ने माग गरेका छन् ।
केही समयअघि, प्रधानमन्त्री इमरान खान बलोचिस्तान भ्रमणमा पुगेको बेला उनको दल पीटीआई का प्रान्तीय विधानसभा सदस्यहरुले मुख्यमन्त्री कमल खान बिरुद्ध असन्तुष्ट व्याक्त गरेका थिए ।
मुख्यमन्त्री कमल खानले प्रान्तमा पीटीआइ दललाई निशाना बनाउने गरेको पीटीआइ दलका सदसयहरुले प्रधानमन्त्री खान समक्ष गुनासो गरेका थिए ।
यधपी मुख्यमन्त्री कमल खान बीएपी दलकै भएपनि आफ्नै दल सदस्यहरुपनि पनि उनीसँग असन्तुष्ट रहेका छन् । बीएपी दल सदस्यहरुले कमल खान बाहेक मुख्यमन्त्रीमा बीएपीकै अन्य कुनैपनि सदस्य हुनुपर्ने माग गरेका छन् ।
बीएपी सदस्यहरुले प्रान्तीय विधानसभाका प्रवक्ता कुदुस बिजेन्जो लाई मुख्यमन्त्री नियुक्त गर्न सकिने बताएका छन् । स्रोत लोकमत
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।