हेग - नेदरल्याण्डस्थित एक गैर सरकारी संस्थाले पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप बिरुद्ध कदम लिन अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
नेदरल्याण्डस्थित ग्लोबल ह्युमन राइट्स डिफेन्स गैरसरकारी संस्था (एनजीओ) ले पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बिरुद्ध कदम चाल्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा एनजीओले प्रेसमाथि हुने दमन रोक्न विश्व समुदायलाई आग्रह गरेको हो ।
पाकिस्तानमा सेना बिरुद्ध आवाज उठाउने मिडिया तथा पत्रकारलाई गम्भिर सुरक्षा खतरा रहेको भन्दै यस बिरुद्ध कदम लिनु आवश्यक रहेको एनजीओको भनाई छ ।
पछिल्लो केही बर्षयता पाकिस्तानमा बिशेषगरि बलोचिस्तान, सिन्ध तथा बाल्तिस्तान क्षेत्रमा प्रेस स्वतन्त्रतामाथि दमन र हस्तक्षेप भइरहेको एनजीओ ले उल्लेख गरेको छ । त्यस क्षेत्रहरुमा सन् २०१९ देखि २०२० सम्म एक बर्षको अवधिमा मात्र प्रेससँग सम्बन्धित व्यात्तिहरु बिरुद्ध ९० वटा आक्रमण र हिंसाको घटना भएको थियो ।
यस्तो रिपोर्टहरुले पाकिस्तानमा प्रेस स्वतन्त्रता संकटमा रहेको देखाएको साथै पाकिस्तान सरकारमा सेनाको बढ्दो प्रभावले थप प्रेसमाथि दमन भइरहेको एनजीओ को भनाई छ ।
फ्रिडम नेटवर्क २०२१ को रिपोर्ट अनुसार पत्रकारिता अभ्यासका लागि पाकिस्तान जोखिमपूर्ण मुलुक रहेको बताईएको छ । स्रोत सिफि
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।