क्वेटा - पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित ग्वादर पानी प्रशोधन परियोजनामा एक अर्ब भन्दा धेरै भ्रष्टाचार भएको खुलासा भएको छ ।
पाकिस्तानमा भ्रष्टाचार तथा आर्थिक अनीयमितता नियामक निकाय एन्एबी ले ग्वादर पानी प्रशोधन परियोजनामा एक अर्ब चौबिस करोड रुपैयाँ भ्रष्टाचार भएको खुलासा गरेको हो ।
बलोचिस्तान विकास प्राधिकरणका तीन जना पूर्व प्रमुखहरुले आर्थिक अनियमितता गरेको बारे क्वेटास्थित अदालतमा मुद्धा दायर भएको थियो । पूर्व प्रमुखहरु मुहम्मद फारुक, सादत अन्वर कम्ब्रानी, अली वहिर हजरा लगायत निर्देशक जाभेद खान तथा ठेकेदारहरु इजाज मलिक र सयद मुहम्मद बदर माथि मुद्धा परेको थियो ।
ग्वादर बन्दरगाह क्षेत्रका बासिन्दालाई शुद्ध खानेपानी वितरणका लागि पानी प्रशोधन परियोजना सञ्चालनमा ल्याईएको हो । बलोचिस्तान विकास प्राधिकरणका अधिकारीहरुले गैरकानुनी रुपमा परियोजनाको ठेक्का ठेकेदारहरुलाई दिएको साथै नियम बिपरित अग्रिम भुक्तानी दिएको एन्एबीले जनाएको छ । पानी प्रशोधन जडान गर्न ठेकेदार कम्पनीसँग आवश्यक अनुभव तथा मापदण्ड नभएको एन्एबीले जनाएको छ ।
यो परिजना सम्पन्न भए ग्वादर क्षेत्रका बासिन्दालाई दैनिक ७५ लाख लिटर भन्दा धेरै शुद्ध पानी वितरण गर्न सकिन्छ । यधपी, पन्ध्र बर्ष सम्म पनि उक्त परियोजना सफल भएको छैन । स्रोत ट्रिब्युन
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।