आइतवार, बैशाख २६ २०७८May 09 2021

Logo
images
images
images
images

शंकर पोखरेलमाथि अर्काे धक्का, मन्त्रीको शपथ खुवाएको केही घण्टामै निलम्बित

शंकर पोखरेलमाथि अर्काे धक्का, मन्त्रीको शपथ खुवाएको केही घण्टामै निलम्बित

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 18.7K
    SHARES

  • शंकर पोखरेलमाथि अर्काे धक्का, मन्त्रीको शपथ खुवाएको केही घण्टामै निलम्बित

    काठमाडौं – सरकार जोगाउन खतरनाक खेल खेलेर जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्र विभाजनको बिउ रोपेका मुख्यमन्त्री शंकर पोखरेलको योजना फेल हुने भएको छ ।

    मुख्यमन्त्री पोखरेलले प्रलोभनमा परेर मन्त्री बनेका ४ जनालाई जसपाले शपथ खाएको केही घण्टामै निलम्बन गरेको छ । 

    images
    images

    संसदीय दलको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका चार सांसदलाई जसपाले निलम्बन गरेको हो ।

    जसपाको निर्णय अनुसार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको भए पनि त्यसको केही घण्टामै सरकारमा मन्त्री बनेका ४ जनामाथि जसपाले कारवाही गरेको छ ।

    जसपा प्रदेश अध्यक्ष अशोककुमार यादवले प्रेस विज्ञप्ति जारी गरेर चारै जनालाई यथाशीघ्र सरकारबाट फर्किन निर्देशन दिइएको र २४ घण्टे स्पष्टीकरण सोधिएको जनाएका छन् ।

    पार्टी निर्णय विपरीत गएकाहरूले चित्तबुझ्दो जवाफ नआएमा सांसद पद नरहने गरी कारवाहीका लागि सम्पूर्ण प्रक्रिया अवलम्बन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    175828184_217316716828850_146946680957510559_n.jpg

    यसरी मुख्यमन्त्री पोखरेलको पक्षमा लागेकाहरूको सांसद पद नै जाने भएपछि उनी समेत संकटमा पर्ने देखिएका छन् । मुख्यमन्त्रीको पद जोगाउन खतरनाक खेल लेखेका पोखरेललाई धक्का लाग्ने देखिएको छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology