मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

नेपालमा ह्वात्तै बढ्यो कोरोना, कहाँ–कहाँ छ जोखिम ?

नेपालमा ह्वात्तै बढ्यो कोरोना, कहाँ–कहाँ छ जोखिम ?

  • मिडिया डबली
  • बिहिवार, चैत्र २६ २०७७

  • 1.5K
    SHARES

  • नेपालमा ह्वात्तै बढ्यो कोरोना, कहाँ–कहाँ छ जोखिम ?

    काठमाडौं – कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गराउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई आग्रह समेत गरेको छ ।

    images
    images

    कतिपय विद्यालयमा जनस्वास्थ्य मापदण्ड पालना नभएको पाइएपछि उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

    हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा मन्त्रालयद्वारा बुधवार जारी सूचनामा ‘काठमाडौं, पोखरा लगायतका ठूला शहरमा विद्यालय समूहमा संक्रमण बढ्दो रहेकाले सम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन’ अनुरोध गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जोखिम बढेका ठूला शहरमा सार्वजनिक यातायात वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ अनिवार्य पालना गर्न गराउन आग्रह गरिएको जनाए ।

    ठूला शहरमा ५ सयभन्दा बढी र सानामा सयभन्दा बढी सक्रिय संक्रमित देखिएको अवस्थामा आवागमनमा कडाइ गर्न सम्बन्धित निकायलाई मन्त्रालयको आग्रह छ ।

    बढी भीडभाड हुने स्थान शपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाले पनि जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्नेछ । संक्रमण बढी जोखिम हुने स्थानमा ‘र्‍यान्डम एन्टिजेन’ परीक्षण बढाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

    बुधवार देशभर ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । यससँगै देशभर कूल संक्रमित संख्या २ लाख ७८ हजार ८०९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएका छन् । देशभर निको हुनेको संख्या २ लाख ७३ हजार ५२९ पुगेको छ । हाल ६५ जना क्वारेन्टाइनमा रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०९:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology