काठमाडौं - नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले प्रवक्ता, प्रेस र कानुनी सल्लाहकार नियुक्त गरेको छ ।
चैत १२ गते बसेको संघको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार अध्यक्ष तीर्थबहादुर थापाले संघको प्रवक्तमा साहित्यकार महेश प्रसाईं, प्रेस सल्लाहकारमा पत्रकार कुबेरराज गिरी र कानुनी सल्लाहकारमा अधिवक्ता सन्तोष भट्टराईलाई नियुक्त गरेका हुन् ।
संस्थाप्रति पुर्याउँदै आएको योगदानको सम्मान गर्दै उनीहरुलाई सल्लाहकारमा नियुक्त गरिएको अध्यक्ष थापाले जानकारी दिए । सांस्कृतिक संघले जिल्ला मातहतका कमिटीलाई आगामी जेठभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गरिसक्न पनि निर्देशन दिएको छ ।
संघले आगामी मंसिरभित्र पालिका र जिल्ला अधिवेशन गर्ने निर्णय पनि गरेको छ । यस्तै सांस्कृतिक संघको महाधिवेशन भने आगामी माघ २८ र २९ गर्ने गरिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।