काठमाडौं - कुनै समयको चर्चित मोबाइल ब्रान्ड माइक्रोम्याक्स फेरि नेपाली बजारमा भित्रिएको छ । ग्लोबल बिजनेस ग्रुपअन्तर्गतको शंकर इन्टरनेसनल प्रा.लि.ले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको हो ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालका लागि शंकर इन्टरनेसनल प्रा.लि.एक मात्र आधिकारिक बिक्रेता भएको बताएको छ ।
नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुईवटा भेरिएन्ट उपलब्ध छन् । कम्पनीका अनुसार ६.६७ इन्चको डिसप्ले र हेलियो जी–८५ गेमिङ प्रोसेसरजडित फोन दैनिक उपयोगका लागि मात्र नभएर गेमिङका लागि पनि उत्कृष्ट फोन भएको दाबी गरेको छ ।
इन नोट–१को दुईवटै फोनमा व्याक क्यामेरा ४८ मेगा पिक्सेल र फ्रन्ट क्यामेरा १६ पिक्सेल छ । ४ जीबी र्याम, ६४ जीबी रोम भएको इन नोटको बजार मूल्य १९ हजार ९९० रुपैयाँ छ ।
४ जीबी र्याम र १२८ जीबी रोम भएको इन नोट–१ को बजार मूल्य २१ हजार ४९० रुपैयाँ रहेको छ । कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाइल चाँडै नेपाली बजारमा उत्कृष्ट ब्रान्डमा दरिने बिश्वास ब्यक्त गरेका छन् ।
भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपालभर आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको विस्तार गर्ने तयारी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।