काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वादले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त बनेका प्रेमकुमार राईले राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गरेका छन् ।
प्रमुख आयुक्त राईले फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवासुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तिभरण नलिने घोषणा गरेका छन् । उनले गृहसचिवका अवकाश पाएका थिए ।
पूर्वसचिव रहेका राई गत माघ २१ गते अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त भएका थिए ।
राईले फागुनदेखि दोहोरो सुविधा नलिने घोषणा गरेका छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई समेत दोहोरो सुविधा नलिनेबारे जानकारी गराइएको जनाइएको छ ।
प्रमुख आयुक्त राईले गरेको स्वघोषणाको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जानकारी दिएको छ ।
प्रमुख आयुक्त राईको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।