सोमवार, फाल्गुण २४ २०७७Mar 08 2021

Logo
images
images
images
images

पाङ्‌गोङ तालबाट पछि हट्‍ने भारत-चीनको सम्झौता स्वागतयोग्य : ईएफएसएएस

पाङ्‌गोङ तालबाट पछि हट्‍ने भारत-चीनको सम्झौता स्वागतयोग्य : ईएफएसएएस

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १० २०७७

  • 5.6K
    SHARES

  • पाङ्‌गोङ तालबाट पछि हट्‍ने भारत-चीनको सम्झौता स्वागतयोग्य : ईएफएसएएस

    काठमाडौँ- गत मेदेखि भारत र चिनियाँ सेना पूर्वी लद्दाख क्षेत्रमा उत्पन्‍न तनाव अन्तत: समाधानको बाटोतर्फ अघि बढेको छ । युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिज्‌ (ईएफएसएएस)ले विगत एक वर्षदेखि तनाव उत्पन्‍न भएको पाङ्‌गोङ तालबाट सेनाहरु फिर्ता गर्ने सम्झौता स्वागत योग्य भएको जनाएको छ । 

    २०२० मेमा पाङ्‌गोङ तालको उत्तरी किनारमा दुई मुलुकका सेनाबीच ढुंगा हानाहान र झडप भएको थियो । तनाव उत्पन्‍न भएको यो पहिलो संकेत थियो । चीन-भारत छुट्याउने वास्तविक नियन्त्रण रेखा (एलएसी) को हिउँदमा समस्या बढ्दै गएको हो । 

    images
    images

    गत जुन १५ मा गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । चीनतर्फ चार जनाको मृत्यु भएको चीन सरकारले स्वीकार गरेको छ । त्यसपछि दुबै मुलुकले एलएसी क्षेत्रमा सुसज्जित हतियारसहित हजारौं सेनाहरु तैनाथ गरेका थिए । 

    तर, पटिल्लो समय भएका विभिन्‍न चरणका वार्ताहरुबाट दुबै मुलुक समस्या समाधानका लागि सहमतिमा पुग्‍नु उत्कृष्ट उपलब्धी भएको ईएफएसएएसले जनाएको छ । भारतले २१ औं शताब्दीमा विस्तावरवादी नीतले काम नगर्ने उल्लेख गर्दै वार्ताबाट नै समाधान खोजिनुपर्नेमा जोड दिएको थियो । 

    चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नल वू कियानले १० फेब्रुअरीको विज्ञप्ति जारी गर्दै चीन र भारतबीचको ९ औं चरणको कमाण्डर-स्तरीय वार्तामा भएको सहमति अनुसार “चिनियाँ र भारतीय सेना पाङगोङ तालको दक्षिणी र उत्तरी किनारमा फ्रन्टलाइन सेनाले फिर्ता गर्न सुरु गरिएको' बताएका थिए । 

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो देशको संसदलाई सम्बोधन गर्दै भारत र चीनले चरणबद्ध, समन्वय र प्रमाणित ढंगले पाङगोङ तालबाट सेनाहरु फिर्ता गर्न कामहरु अगाडि बढाउने बताएका थिए ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७०२:०५:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology