नयाँ दिल्ली- चीनले पाकिस्तानको बलूचिस्तानको ग्वादर बन्दरगाह नजिकै हवाईअड्डा निमार्णका लागि आर्थिक सहयोग गरिरहेको छ।
चीनको सहयोगमा पाकिस्तानले ग्वादर अन्तर्राष्ट्रिय बिमानस्थल बनाइहेको र यस्को रणनीति मध्यपूर्बदेखी भारतमा ढुवानी हुने तेल आपूर्तिलाई अवरुद्ध गर्नु रहेको जनाइएको छ।
यस बिमानस्थले चीनलाई इरानको चाबहार बन्दरगाहमा निगरानी राख्न समेत मद्दत पुर्याउँने छ जनाइएको छ। बिमानस्थल परियोजनाको निर्माण जनवरीबाट सुरु हुने र डिसेम्बरको अन्तमा सम्पन्न हुने कार्यतालिका रहेका छ।
स्रोतहरुका अनुसार यो परियोजनाले भारतको तमिलनाडु, तन्जावुरको सुखोई हवाईअड्डाको क्षमताको प्रतिरोध गर्नुपनि रहेको छ। तन्जावुरको सुखोई हवाईअड्डा हिन्द–महासागरमा गस्तीका लागि प्रयोग गरिएको छ भने यँहीबाट अष्ट्रेलिया र जापानी हवाई सैन्यसंग संयुक्त अभ्यास समेत हुँदै आएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।