आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मैदानमा उत्रिएका यी कम्युनिस्ट मुख्यमन्त्री पराजित

मैदानमा उत्रिएका यी कम्युनिस्ट मुख्यमन्त्री पराजित

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 6.2K
    SHARES

  • मैदानमा उत्रिएका यी कम्युनिस्ट मुख्यमन्त्री पराजित

    काठमाडौं – कर्णाली प्रदेश सरकारको आफ्नो स्थापना दिवसको अवसर पारेर शुक्रबार वीरेन्द्रनगरमा आयोजित फूटबलमा प्रतियोगितामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टीम पराजित भएको छ ।

    मुख्यमन्त्री शाही नेतृत्वको टीम कर्णाली–११ लाई एन्फा–११ ले हराउँदै आफ्नो वर्चश्व कायम गर्‍यो । एन्फाले कर्णाली सरकारलाई पेनाल्टीमार्फत् २ गोल अन्तरले पराजित गरेको छ ।

    निर्धारित समयसम्म दुवैतर्फबाट १–१ गोल भएपछि खेल ट्राइब्रेकमा धकेलिन पुगेको थियो । ट्राइब्रेकमा एन्फाले ३ गोल गरेको थियो । कर्णाली सरकारले सान्त्वना स्वरूप १ गोल मात्रै फर्काएको थियो ।

    कर्णाली सरकारबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खेलेका थिए भने एन्फाबाट पूर्व राष्ट्रिय फूटबल टोलीका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह नेतृत्वको टोली मैदानमा आएको थियो ।

    मुख्यमन्त्री शाही ३० मिनेट, सरकारका प्रवक्ता समेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी १५ मिनेट, सामाजिक विकास मन्त्री दल रावल १० मिनेट र सभामुख राजबहादुर शाही ८ मिनेट मैदानमा भिडेका थिए ।

    ms.jpg

    सरकारका प्रवक्ता विमला केसीले कर्णाली दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकार सक्षम रहेको सन्देश दिन एवं खेलकुदका गतिविधिलाई बढाउन स्थापना दिवसको अवसर पारेर फूटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ५ २०७७०७:२३:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend