काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् ।
नेता खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रवार बिहान भारतको दिल्ली गएका हुन् ।
खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित रहेका जनाइएको छ ।
खनाललाई एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट समेत गरेका छन् ।
राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्य लाभको शुभकामना समेत गरेका छन् । नेता खनाल पत्नीसहित शुक्रबारै दिल्ली गएका हुन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।