काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीमा कम्युनिस्टहरूले व्यापक भ्रष्टाचार गरिरहेकाले अब खेलकुद विभाग र लोकतान्त्रिक संघले मिलेर भ्रष्टाचारलाई जनताको सामुन्ने ल्याएर उभ्याउने महर्जनले बताएका छन् ।
कास्की जिल्लाको पोखरामा आयोजित नेपाली कांग्रेस भातृ संस्था लोकतान्त्रिक खेलकुद संघको घोषणासभामा बोल्दै नेता महर्जनले अब विभाग र संघ मिल्नुपर्ने बताए ।
नेपाली कांग्रेस केन्द्रीय समितिले खेलकुद विभाग गठन गर्न ढिलो भएको तथा १ वर्षअघि मात्र खेलकुद विभाग केन्द्रले गठन गरिदिएको भए देशैभर खेलकुद प्रतियोगिता गरेर देश नै कांग्रेसमय भएको हुने महर्जनले बताएका छन् ।
‘खेलकुद विभाग प्रमुख नेता मोहनबहादुर बस्नेत जस्तो सक्षम क्षमतावान खेलकुद बुझेको जोस जागर भएको खेलाडीहरूको पहिचान गर्न सक्ने, न हिजो विभाग प्रमुख भएर आए न पछि नै आउँछ,’ महर्जनले भने, ‘कांग्रेसको १४ औं महाधिवेशनपश्चात् पुनः खेलकुद विभाग नै रोज्नुहोला । यो सम्पूर्ण खेलप्रेमीहरूको आवाज हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।