मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images

कोरोना महामारीको पोस्टमोर्टम : चीन र डब्लूएचओ जिम्मेवार भएको निष्कर्ष

कोरोना महामारीको पोस्टमोर्टम : चीन र डब्लूएचओ जिम्मेवार भएको निष्कर्ष

  • मिडिया डबली
  • शुक्रवार, माघ ९ २०७७


  • कोरोना महामारीको पोस्टमोर्टम : चीन र डब्लूएचओ जिम्मेवार भएको निष्कर्ष

    काठमाडौं – चीनबाट सुरु भएको कोरोना प्रकोपले विश्‍वव्यापी महामारीको रुप लिएपछि यसको उत्पत्तिबारे अध्ययन गर्ने एक स्वतन्त्र अनुसन्धान टोलीले चीन र विश्व स्वास्थ्य संगठनको चर्को आलोचना गरेको छ । 

    कोरोना प्रकोपलाई राम्रोसँग नियन्त्रण गर्न नसकेको भन्दै स्वतन्त्र अनुसन्धान टोलीले चीन र विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) को आलोचना गरेका छन् । कोरोना भाइरसको प्रकोपको सुरुका दिनमा महत्वपूर्ण संकेतलाई बेवास्ता गरेको भन्दै स्वतन्त्र अनुसन्धान टोलीले चीन र डब्लूएचओको आलोचना गरेको हो । 

    images
    images
    images

    न्यूजील्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेन जोनसन सिरलेफको नेतृत्वमा रहेको यस स्वतन्त्र टोलीले सोमबार एक अन्तरिम रिपोर्ट जारी गरेको हो । 

    जसमा चीनले प्रकोप नियन्त्रण गर्न नसकेका असफलताको केही बुँदाहरुबारे छलफल गरिएको थियो । यस प्रकोपलाई रोक्न चीनले पर्याप्त प्रयास नगरेको, डब्ल्यूएचओले जनवरीको अन्त्यसम्म पनि ध्यान नदिएको र धैरै मुलुकहरुले कोरोना महामारी फैलिएको भन्‍ने कुरालाई बेवास्ता गरेको विषय उक्त रिपोर्टमा उल्लेख गरिएको छ । 

    चीनले गरेका गल्ती र हानीकारक लापरबाहीहरुलाई पनि डब्लूएचओले ढाकछोप गरेको पाइएको छ । चीनमा भाइरस एक मानिसदेखि अर्को मानिससम्म भाइर तीव्र रुपमा फैलिरहेको भए पनि चीनले यस तथ्यलाई ढाकछोप गरेको थियो ।

    जनवरी १०, २०२० मा यसका वैज्ञानिकहरूले कोरोना भाइरसको आनुवंशिक कोड जारी गरे पनि चीनले भाइरसहरूबीच फैलिएको भन्‍ने कुरालाई भने रोक लगाएको छ । डब्ल्यूएचओले जनवरी १४ मा पोस्ट गरेको ट्विटमा यस अपराधलाई वास्तवमै सम्झना गराएको र संयुक्त राष्ट्र संघको एजेन्सीले चीनको मूल्यांकनलाई स्थगित गरेको र भाइरसले ठूलो क्षति पुर्‍याएको छ । 

    वैज्ञानिकहरूले दिएको चेतावनीको बावजुद संसारले महामारीको प्रकोप कसरी देखायो भन्नेबारे विस्तृत रूपमा हेर्नु आवश्यक छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend