काठमाडौं - माओवादी पार्टी भएका बेला प्रभु साह डा.बाबुराम भट्टराई निकट थिए । संविधान जारी भएलगत्तै बाबुराम माओवादी पार्टी छाडेर हिँडे । उनी निकट दीनानाथ शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साहलगायत माओवादीमै रहे ।
बाबुराम नयाँ शक्ति पार्टी स्थापना गर्दै संघीय समाजवादी पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीमा छन् । तर, उनलाई साथ दिँदै आएका नेताहरू नेकपामा आबद्ध भए ।
अहिले नेकपा विभाजन हुँदा बाबुरामका नजिकका पौडेलबाहेक सबैले प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका छन् । प्रचण्डलाई छाडेका छन् । त्यसैमध्येका एक हुन् प्रभु साह । अहिले उनी पुष्पकमल दाहाल प्रचण्डका कट्टर आलोचक भएका छन् ।
उनी प्रचण्डविरोधी हुनुको एक मात्र कारण रौतहटमै निर्वाचन लड्ने माधवकुमार नेपाललाई बोक्नु हो । हिजो माओवादीमा लाग्दा प्रभु साह वीरगन्जमा मारिएका काशीनाथ तिवारी हत्या प्रकरणमा जोडिएका थिए ।
साहकै निर्देशन र सहयोगमा माओवादी कार्यकर्ताले हिन्दुवादी नेता तिवारीको हत्या गरेको भन्दै त्यसबेलै समाचार आएको थियो । यो हत्या प्रकरणमा उनले आफूलाई फसाउन खोजिएको भन्दै आएका छन् ।
प्रभुलाई बचाउन प्रचण्डले निकै सहयोग गरे । अहिले माधव नेपालको रिसले प्रचण्डलाई ‘लात’ हानेका छन् । रौतहटमा विकासका नाममा प्रभुले योजनाका सबै ठेक्का आफ्ना आसेपासेलाई दिलाउँदै आएका छन् ।
अहिले सहरी विकासमन्त्री बनेपछि उनको ध्यान विकास निर्माण र कमिसनमा गएको छ । त्यसैले शाहीमन्त्री शैलीमा उनले किलोका किलो फूलका माला लगाउँदै रौतहट, वीरगन्जदेखि जनकपुरसम्म ओलीका सारथी बनेका छन् ।
संविधान जारी हुने बेला मधेसीको सहानुभूति लिन संविधानमा हस्ताक्षरसमेत नगरेका प्रभु साह अहिले विपक्षीलाई संविधान र कानुनको भाषा सिकाउँदै हिँडेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।