काठमाडौं – अमेरिकामा सत्ता हस्तान्तरण गर्ने क्रम जटिल मोडमा पुगेको देखिएको छ ।
बिदा हुनै लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पले हंगामा गर्दै आएका कारण सर्वत्र चिन्ता व्यक्त भइरहेको बेला वासिङ्गटन डिसीमा आपतकाल घोषणा गरिएको छ ।
राष्ट्रपति ट्रम्पले राजधानी वासिङ्गटन डिसीमा जनवरी ११ देखि २४ सम्म आपतकालको घोषणा गरेका हुन् । ह्वाइट हाउसका अनुसार राजधानी वासिङ्गटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको छ ।
ट्रम्पले आपतकाल घोषणा गरेपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने सम्भावनाबारे चर्चा सुरु भएको छ ।
गत हप्ता संसद भवनमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भइरहेका बेला ट्रम्पले राजधानी वासिङ्गटन डिसीमा आपतकालको घोषणा गरेका छन् । संसदमा डेमोक्र्याटिक पार्टीका संसदहरूले उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।
महाअभियोग प्रस्तावमा बुधवार मतदान हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।