काठमाडौं - नेपाली युथ फिट्नेस एण्ड क्यालिस्थेनिक्स (एनवाईएफसी)ले शुरु गरेको प्रोजेक्ट टेम्पल अन्तर्गत शुभश्री कलेजसँगको सहकार्यमा नेपालकै सबै भन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्साल नारायण चौरमा निर्माण भएको छ ।
गत शनिवार नेपाली कांग्रेसका नेता गगन थापाले झण्डा तोलन गरी उक्त पार्कको उद्घाटन गरेका हुन् ।
युवाहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु धेरै अगाडि देखि निर्माण गर्दै आएको र यस्तै व्यायाम स्थलहरू देशका सबै शहरहरूमा निर्माण गर्ने उद्देश्यका साथ अघि बढेको एनवाईएफसीका संस्थापक शुकदेव कार्कीले जानकारी दिए ।
व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने भएकोले यो पार्कको निर्माण सँगै त्यहाँका स्थानीयहरूमा हर्ष उल्लास छाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।