काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले राष्ट्रिय सभामा नयाँ नियुक्ति पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्य मनोनित भएका गौतमले बिहीबार राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिमा नियुक्ति पाएका हुन् ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकले नेता गौतमलाई सर्वसम्मत रूपमा समितिमा नियुक्त गरेको हो । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई मनोनयन गरिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बताए ।
बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ सभा समक्ष पेश गरेका छन् ।
बैठकमा बामदेव गौतम, उदयशर्मा पौडैल, कोमल ओली, रमेशचन्द्र रायमाझी, खेमलाल भट्टराई, मिर्गेन्द्र कुमारसिंह यादव, रामनारायण बिडारीलगायत सांसदले बोलेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक पुस २४ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।