आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पूर्वमन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिता सम्पन्न

पूर्वमन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिता सम्पन्न

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 6.0K
    SHARES

  • पूर्वमन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिता सम्पन्न

    काठमाडौं – पूर्व सूचना तथा सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवको विशेष आतिथ्यतामा सप्तरी जिल्लाको तिरुत गाउँपालिका–५ मा आईतबार क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

    आईतबार जिल्लाव्यापी टी–२० क्रिकेट प्रतियोगिताको समापन समारोह भव्यताका साथ सम्पन्न भएको छ । 

    समापन समारोहमा विजेताहरूलाई पूर्व मन्त्री बस्नेत र जिल्ला सभापति यादवले सयुक्त रूपमा पुरस्कार, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘खेलाडी राष्ट्रका गहना हुन् र राष्ट्रका चिनारी पनि हुन्, त्यसैले खेलकुदलाई हामी सबैले विशेष महत्त्वका साथ हेर्नुपर्छ ।’

    पूर्व मन्त्री बस्नेतले सम्पूर्ण युवाशक्ति एकजुट भएर राष्ट्र निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन समेत अपिल गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०६:०४:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend