आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
नेकपा बिबाद

सभामुख सापकोटा सिध्याउन ओलीको यस्तो रणनीति, सर्वोच्चमा चढाइयो मुद्दाको पेसी

सभामुख सापकोटा सिध्याउन ओलीको यस्तो रणनीति, सर्वोच्चमा चढाइयो मुद्दाको पेसी

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 10.9K
    SHARES

  • सभामुख सापकोटा सिध्याउन ओलीको यस्तो रणनीति, सर्वोच्चमा चढाइयो मुद्दाको पेसी

    काठमाडौं - नेकपामा अब एमाले र माओवादी दुई पक्षले एकले अर्कोलाई सिध्याउने अभियान सुरु भएको छ । त्यसको सुरुवात प्रधानमन्त्री केपी ओलीले गरेका छन् ।

    संवैधानिक परिषद्को बैठक सभामुख सापकोटाले बहिष्कार गरेर आफूलाई अप्ठेरो पारेको रिसमा ओलीले सभामुखविरुद्ध सर्वोच्च अदालतमा मुद्दाको पेसी चढाउन लगाएका छन् ।

    प्रधानमन्त्रीले आफूलाई समयमै खबर नगरेको र एजेण्डाहरुको बारेमा जानकारी नदिएको भन्दै संवैधानिक परिषद्को बैठकमा जान अस्वीकार गरेका थिए। जसका कारण ओलीले सभामुख र विपक्षी दलका नेताको अनुपस्थितिमै नियुक्ति सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याएका थिए ।

    अहिले त्यो अध्यादेश उनलाई घाँडो बनेको छ । सभामुख सापकोटाको मुद्दा अन्तिमपटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाई सरेको थियो।

    सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको हो। हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाइको पेसी तोकिएको छ ।

    काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १० २०७७०७:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend