आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलसहित नेकपा सांसदहरू निवेदन बोकेर शितलनिवासमा, बालुवाटारमा खैलाबैला

भीम रावलसहित नेकपा सांसदहरू निवेदन बोकेर शितलनिवासमा, बालुवाटारमा खैलाबैला

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 6.5K
    SHARES

  • भीम रावलसहित नेकपा सांसदहरू निवेदन बोकेर शितलनिवासमा, बालुवाटारमा खैलाबैला

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत देश चलाउन खोजेको आरोप लागिरहेका बेला सत्तारुढ नेकपाकै सांसदहरू सक्रिय भएका छन् ।

    संघीय संसदको अधिवेशनको माग गर्दै नेकपा सांसदहरू निवेदन लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शीतलनिवास पुगेका छन् ।

    नेकपामा ओलीइतर मानिने सांसद भीम रावल, पम्फा भुसाल सहितको टोली हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेको छ ।

    राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेका कारण नेताहरूले निवेदन कार्यालयमा बुझाउन पाएका छैनन् । पौडेलको मोबाइल नम्बर पनि ‘स्वीच अफ’ रहेको नेताहरू बताउँछन् ।

    ओलीको इशारामा फटाफट अध्यादेश जारी गर्ने विद्या भण्डारीको कार्यालयमा प्रक्रिया अनुसार नेकपा सांसदले लगेर गएको निवेदन समेत दर्ता भएको छैन । मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद चर्किएको छ ।

    अध्यादेश जारीको विषयमा विवाद बढेको बेला नेकपाकै सांसदहरू शितलनिवास पुगेपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ । अहिले बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक चलिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend