इस्लामावाद - पाकिस्तानमा अझै पोलियो प्रकोप व्याप्त छ । विश्वभर पोलियो रोग उन्मुलनमा हुन नसकेका हालसम्म पाकिस्तान र अफगानिस्तान मात्र छन् । यी मुलुकहरुमा अझै ठूलो संख्यामा पाँच वर्षभन्दा मुनिका बालबालिकाहरु पोलियोको जोखिममा पर्ने गरेका छन् ।
पोलियोले बाबालिकाको स्पाइनल कर्ड तथा जीवनभर पक्षघात गराउने समस्या हुने गरेको छ । अफगानिस्तान दशकौंदेखि गृहयुद्ध र सशस्त्र द्वन्द्वको चपेटामा परेको छ । जसका कारण पोलियोविरुद्धको लडाईंमा प्रभावकारी कदम चाल्न सकेको छैन ।
तर, पाकिस्तानमा गृहयुद्ध नहुँदा पनि अझै पोलियो उन्मुलन हुन सकेको छैन । पाकिस्तानको सरकारी तथ्यांक अनुसार सन् १९९४ मा मुलुकभर वार्षिक २० हजारभन्दा बढी बालबालिकामा पोलियो देखिएको थियो । १० वर्षपछि सन् २००४ मा वार्षकि २० जनामा पोलियो देखिएको थियो । चिकित्सा विज्ञहरुले यसलाई ठूलो उपलब्धि भनेका थिए ।
यद्पि ९/११ पछि पाकिस्तानले अफगानिस्तान सीमा क्षेत्रमा युद्ध सुरु गर्यो र देशभर सैन्य तैनाथी बढायो । आत्मघाती बक विष्फोट र आतंककारीहरुले देशभर पोलियो कामदारहरूलाई पनि लक्षित गर्न थाले ।
अमेरिकी र पश्चिमी मुलुकबाट आएका चिकित्सकहरुले पोलियोविरुद्धो खोप लगाइ दिने गरेका थिए । तर, आतंककारीहरुले उक्त खोपमा प्रजनन क्षमता र प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने औषधिको मिसावट गर्यो । त्यसकारण, देशभरका धेरै परिवारले आफ्ना बच्चाहरूलाई खोप लिन अस्वीकार गरे ।
पाकिस्तानका आतंककारीहरुले पोलियोविरुद्को अभियान चलाउनेहरुलाई छानीछानी मार्न थाले । सन् २०१२ मा मात्रै करिब १०० पोलियोविरुद्ध काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकहरु मारिएका थिए । सन् २०२० मा पोलियोविरुद्धका स्वास्थ्यकर्मीमाथि ६ पटक आक्रमण भएको छ । जसका ५ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सन् २०२० मा देशभर ७९ जनामा पोलियो भएको पाइएको छ । सन् २०१९ मा १४७ र सन् २०१८ मा १२ जनामा पोलियो भएको पाइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।