आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसमा ‘पावर’ देखाउँदै कृष्ण सिटौला, गगन थापाको साथ

कांग्रेसमा ‘पावर’ देखाउँदै कृष्ण सिटौला, गगन थापाको साथ

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 13.6K
    SHARES

  • कांग्रेसमा ‘पावर’ देखाउँदै कृष्ण सिटौला, गगन थापाको साथ

    काठमाडौं – नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी सुरू हुँदा पूर्व महामन्त्री तथा नेता कृष्णप्रसाद सिटौला ‘पावर’ देखाउन थालेका छन् ।

    आफ्नै निवासमा बिहीबार आफू निकट नेता कार्यकर्ताको भेला गर्दै नेता सिटौलाले गाउँ जान निर्देशन दिएका छन् ।

    पार्टी १४ औं महाधिवेशनतर्फ उन्मुख भइरहेका बेला नेता सिटौलाले आफू निकटका केन्द्रीय सदस्यहरू सहित करीब १०० अगुवा कार्यकर्ताको भेला गरेका छन् । सिटौलाले भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै बोलाएको सर्वदलीय बैठकमा भएका छलफलबारे जानकारी गराउँदै राष्ट्रिय राजनीतिबारे आफ्नो विश्लेषण समेत सुनाएका थिए ।

    कांग्रेसमा महाधिवेशन लागेको भन्दै सिटौलाले सक्रिय सदस्यता वितरणमा सक्रिय सहभागिता जनाउन र समूह मिलाएर आउन आग्रह गरेका छन् । ‘उहाँले अधिवेशन सबैको साझा हो, तपाईंहरू पनि गाउँ जानुस् भन्नुभयो,’ भेलामा सहभागी केन्द्रीय सदस्य शिव हुमागाईंले भने ।

    भेलामा नेता गगन थापाले संविधानमाथि नै प्रश्न उठेको बेला कांग्रेसमा आफूहरूको भूमिका बढी खोजी भएको बताए । पार्टीको १३ औं महाधिवेशनमा एउटै समूहमा चुनाव लड्नु विशिष्ट परिस्थिति भएको भन्दै उनले भने, ‘अहिले व्यवस्था जोगाउने र चुनावमा कम्युनिस्टलाई परास्त गर्न सक्ने नेतृत्व चाहिएको छ । हामीले खोजेजस्तो कांग्रेस बनाउन योगदान गर्छौं र सामूहिक रूपमा काम गर्छौं ।’ चर्चित युवा नेता गगन थापा कुन कित्तामा उभिन्छन् भन्ने चासो रहेका बेला सिटौलाको भेलामा सहभागी भएका छन् ।

    भेलामा सहभागी नेताहरूका अनुसार सिटौलाले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने वा नबन्ने खुलेर बताएनन् । तर भेला गर्नुको कारण आफ्नो समूह एकै छ भन्ने सन्देश दिनु पनि भएको नेताहरूले बताएका छन् । १४ औं महाधिवेशनमा कांग्रेसभित्रको समीकरण कस्तो हुन्छ भन्ने अझै प्रस्ट भइसकेको छैन ।

    सभापति शेरबहादुर देउवाको समूहमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा पनि सभापतिका आकांक्षी धेरै देखिएका छन् । पौडेलसँगै महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायतले पनि सभापति पदमा दाबी गरेका छन् । सिटौलाले संस्थापन र पौडेल दुवै समूहसँग दूरी राख्ने कोसिस गरे पनि उनी निकट नेताहरूको आफ्नै तयारी रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend