काठमाडौं - पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई नेकपाकै कार्यकर्ताले भ्रष्टचारीको आरोप लगाउँदै काभ्रेको पनौतीमा छ्यापछ्यापती पर्चा बाँडेका छन् ।
सोमबार पनौतीमा एक विद्यालयको शिलान्यास गर्नुअगावै स्थानीय नेकपा कार्यकर्ताले भ्रष्ट आचरणको भण्डाफोर गरौं शीर्षकको पर्चा चोकचोकमा बाँडेका छन् ।
पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भन्दै अन्य कुनै सांसद, प्रदेश सभा सदस्य वा मेयर ल्याएर शिलान्यास गराउन माग गरिएको छ । पर्चामा दलाल पुँजीपति र भ्रष्टाचारीहरूलाई सामाजिर बहिष्कार गर्नसमेत अपिल गरिएको छ ।
बाँस्कोटा गत वर्ष फागुनमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सञ्चारमन्त्रीको कार्यकक्षमा ७० करोड रूपैयाँ कमिसन मोलमोलाईको आरोप लागेपछि जिम्मेवारीबाट पदमुक्त भएका थिए । यो काण्डपछि उनी पार्टीमा निकै बदनाम भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।