काठमाडौं- आज दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिको लागि अहिले दिल्ली क्यापिटल्स् र मुम्बई इण्डियनबीच प्रतिस्पर्धा हुँदै छ।
पहिलो पटक इन्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको दिल्ली क्यापिटल्स जित हात पार्दै इतिहास रच्ने दाउमा छ । त्यस्तै चारपटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै पाँचौँपटक उपाधि जित्न चाहन्छ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। मुम्बईका स्पिनर राहुल चाहरको स्थानमा जयन्त यादवलाई टोलीमा समावेश गरिएको छ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।