काठमाडौँ- नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टोबर २२ तारिकलाई कालो दिनका रुपमा मनाएका छन्।
काठमाडौँको महराजगन्जस्थित रहेको पकिस्तानी दूतावास अगाडि उनीहरूद्वारा निकालिएको र्यालीमा सहभागीहरूले विभिन्न नारा लगाउँदै अक्टोबर २२ तारेखका दिनलाइ कालो दिनको रूपमा मनाएको हो ।
प्रदर्शनमा सहभागीहरूले पकिस्तान काश्मिर छोड, पाकिस्तानी सेना हत्या हिंसा बलात्कार बन्द गर लगायतका नारा लगाउँदै पकिस्तानविरूद्ध प्रदर्शन गरेका थिए।
यसबाहेक भारतीयहरूले समेत आजको दिनलाई विश्वभर कालो दिनका रुपमा मनाउँदै छन् । सोही अनुसार नेपालमा पनि कालो दिन मनाइएको हो।
अक्टोबर २२ सन् १९४७ मा, पाकिस्तानी आक्रमणकारीहरूले अवैध रूपमा जम्मू कश्मीरमा प्रवेश थिए । सोही बेलादेखि यो दिनलाई कालो दिनका रुपमा मनाइँदै आइएको हो ।
तरबार र बन्दुकले सशस्त्र आदिवासीहरूको नाम पाकिस्तानी सेनाको लश्करहरूले काश्मिरमा आक्रमण गरेका थिए । त्यतिबेला कयौं पुरुष, बालबालिकहरूको हत्या गर्दै महिलाहरुलाई आफ्नो दास बनाका थिए ।
पाकिस्तानी सरकारको पूर्ण समर्थनमा रहेका उनीहरुविरुद्ध विरोध जताउँदै कालो दिनका रुपमा मनाइने गरेको हो ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।