काठमाडौं - नेपाल आयल निगमले डिजेल मट्टितेलको मूल्य घटाएको छ। निगमले गएरातीबाट लागूहुने गरी डिजेल र मट्टितेलको मूल्यमा घटाएको हो। प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो।
भारतीय आयल कर्पोरेसन (आइओसी) बाट डिजेल र मिट्टतेलको मूल्य घटेर आएकाले मूल्य घटेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य अलिकति बढेर आएपनि अहिले तत्काल नबढ्ने निगमले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।