शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

गोरखामा साहु आइसोलेसनमा : माछा पोखरीमा खै कस्ले विष हालिदियो !

गोरखामा साहु आइसोलेसनमा : माछा पोखरीमा खै कस्ले विष हालिदियो !

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 5.9K
    SHARES

  • गोरखामा साहु आइसोलेसनमा : माछा पोखरीमा खै कस्ले विष हालिदियो !

    काठमाडौं -गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङ किसान राजेन्द्र श्रेष्ठको पोखरीमा विष हालेर माछा मादिएका छन्। कसैले पोखरीमा विष हालिदिएका कारण माछा मरेको हुन सक्ने श्रेष्ठको भनाइ छ। गत जेठमा पोखरीमा छोडेको माछा उनले दशैँमा विक्रि गर्ने गरी पालेका थिए ।

    बुढीगण्डकी पशुपन्छी फार्म मार्फत माछा पालेको श्रेष्ठका दुई वटा पोखरी छन्। भेटेरिनरीका कर्मचारीले मरेका माछाको पोस्टमार्टम गर्दा विषका कारण मरेको देखिएको हो। किसान श्रेष्ठ कोरोनाका कारण आइसोलेसनमा छन्। उनको परिवार क्वारेन्टिनमा छ। पोखरीको रेखदेख गर्न नपाउँदा कसैले विष हालिदिएको हुन सक्ने अनुमान छ।

    छ सय ५० वटा माछा मरेका छन्। उनले पोखरीमा माछालाई विष हालिदिने समूहको खोजी गरी कारबाहीको दायरामा ल्याउन वडा कार्यालय र प्रहरी चौकी घ्याल्चोकलाई आग्रह गरेका छन्। ‘पोखरीका माछा मरेको र विष हालेको हुन सक्ने भएकोले अनुसन्धान गरिदिन श्रेष्ठले हामीलाई जानकारी गराउनुभएको छ,’ प्रहरी चौकी घ्याल्चोकका इन्चार्ज पुरन खाकुले भने, ‘भोलि माछापोखरीस्थल गएर थप बुझ्छौं।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १३ २०७७०७:०२:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend