बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रयोग भएका कण्डमा पानीमा धोएर बिक्री गर्ने गिरोह पक्राउ

प्रयोग भएका कण्डमा पानीमा धोएर बिक्री गर्ने गिरोह पक्राउ

  • एजेन्सी
  • शुक्रवार, आश्विन ९ २०७७

  • 8.0K
    SHARES

  • प्रयोग भएका कण्डमा पानीमा धोएर बिक्री गर्ने गिरोह पक्राउ

    दक्षिण पूर्वी एशियाली देश भियतनाममा प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । देशको दक्षिणी प्रानत बिन्ह  दुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको अवस्थामा प्रहरीले कण्डम बरामद गरेको हो ।

    करिब ३ सय ६० किलो वजन रहेका  यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका कन्डमको ब्याग लिने गरेका थिए । 

    प्रहरी छापाका दौरान पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों । महिलाका अनुसार त्यसपछि यस कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों ।

    त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन ।  

    गिरोहले यी कण्डमाल स्थानीय होटल र पसलहरुमा बिक्री गर्ने गरेको खुलेको छ । यद्यपी अहिलेसम्म कति कण्डम बिक्री भइसके भन्ने बारे अनुसन्धान भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २७ २०७७०५:१७:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend