काठमाडौं - पर्यटन मन्त्री योगेश भट्टराई पनि प्रधानमन्त्री केपी शर्मा ओलीको लाइनमा देखिएका छन्। उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डेलिङको जिम्मा हिमालयन एयरलाइन्सलाई दिने निर्णय गराइसकेका छन्।
सरकारी त्रिभुवन विमानस्थलमा नीजी यती कम्पनीको मुख्य शेयर रहेको हिमालयन एयरलाइन्सलाई जिम्मा लगाएका हुन्। यस अघि नेपाल एयरलाइन्सलेको जिम्मा रहेको ग्राउन्ड ह्यान्डेलिङको काम मन्त्री भट्टराईले हिमालयन एयरलाइन्सलाई दिएका हुन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको अर्बाैँ आम्दानी गुमाउनेगरी ह्यान्डलिङ गर्न अर्कै कम्पनीलाई दिइएको हो। नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते यती समूह र चीनको तिब्बत एयरलाइन्सको लगानी रहेको हिमालयन एयरलाइन्सलाई त्रिभुवन विमानस्थलको विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको अनुमती दिएको हो।
हिमालयनले पाँच महिना अघि ग्राउण्ड जिम्मा पाउँ भनि निवेदन दिएको थियो। स्रोतका अनुसार उक्त पत्र पनि मन्त्री भट्टराईकै सल्लाहमा दिइएको बताइएको छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।