मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

Logo
images
images

पाकिस्तानमा ईश्वरको नाममा हत्या

पाकिस्तानमा ईश्वरको नाममा हत्या

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 399
    SHARES

  • पाकिस्तानमा ईश्वरको नाममा हत्या

    पेशावार -  पाकिस्तानमा देशभर शिया र अन्य धार्मिक अल्पसंख्यकहरूलाई लक्षित गर्दै साम्प्रदायिक हिंसाको नयाँ स्वरुप देखिन थालेको छ । जसले गर्दे मुस्लिम बहुल राज्यमा फेरि हिंसात्मक अस्थिरताको खतरा बढेको छ ।

    अल्पसंख्यकलाई संरक्षण गर्नुपर्नेमा सरकारी अधकारी र राज्यका महत्वपूर्ण पदमा रहेकाहरुले नै हिंसा भड्काउने गतिविधिहरु गरिरहेका छन् । उनीहरुले गोप्यरुपमा व्यक्तिहरु खटाएर अल्पसंख्यकलाई दमन गर्ने, हत्या गर्ने र अपहरण गर्नेलगायतका अपराधमा संलग्‍न भएको पाइएको छ । 

    images
    images

    पाकिस्तानमा ९६ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्छन् । जसमध्ये ७५-९५ प्रतिशतहरु सुन्‍नि समुदायका छन् भने ५-१५ प्रतिशत मात्रै शिया समुदायहरु छन् । त्यसैगरी क्रिश्चियन, हिन्दू र अहमदीहरु को जनसंख्या को लगभग ४ प्रतिशत छ । 

    गत महिनामा दुई शिया मुस्लिम, एक अहमदी सम्प्रदाय सदस्य र एक अमेरिकी नागरिक लगायत चार जनालाई ईश्वरको निन्दा गरेको आरोपमा निर्मम हत्या गरियो । हत्या गर्ने व्यक्ति पहिचान हुँदा पनि कारबाहीको प्रक्रिया अघि बढाइएको छैन । 

    यही अवधिमा करिब ५० जना शिया समुदायका व्यक्तिहरुलाई "पैगम्बर मुहम्मदको अपमान गरेको"  आरोपमा मुद्दा चलाइएको छ । पाकिस्तानको ईश्वर निन्दासम्बन्धी दण्डसंहिताअन्तर्गत २९५-ए र २९८ अन्तर्गत मुद्दा चलाइएको छ । उक्त कानुनअन्तर्गत इस्लामको अपमान गरेमा जरिवानादेखि मृत्युसम्मको सजाय दिनसक्ने प्रावधान राखिएको छ ।

    स्थानीय प्रशासनले शियाविरुद्ध ईश्वरनिन्दाको सामूहिक मुद्दा दायर गरेर हजारौं तहरीक-ए-लब्बाइक पाकिस्तान (टीएलपी) र अहले-ए-सुन्‍नत वाल जमात (एएसडब्ल्यूजे) इस्लामिक समूहका कार्यकर्ताहरू गत हप्ता पाकिस्तानको  सडकमा उत्रिए । कराचीमा अल्पसंख्यकविरूद्ध  ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका हुन् ।

    दुबै चरमपन्थी संगठनहरूलाई सुरक्षा एजेन्सीहरू र अधिकारीहरूको समर्थन गरेका छन् । र्‍यालीले इमामबरगाह (शिया धार्मिक स्थल) लाई ढुंगाले हान्‍ने र बाटोमा हिँड्‍नसमेत प्रतिबन्ध लगाइएको थियो । 

    उनीहरुले सरकारलाई शियामाथि प्रतिबन्ध लगाउनसमेत माग गरेका थिए । यसरी पाकिस्तानमा शिया अल्पसंख्यकमाथि चरम दमन र हत्याका घटनाहरु बढ्दा पनि सरकारले भने कुनै प्रतिक्रिया र उनीहरुको संरक्षणका लागि पहल गरेको छैन । 

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७०९:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology