कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि थप दुई हप्ता लकडाउन लम्ब्याउने निर्णय अष्ट्रेलियाको मेलबर्न सहरले गरेको छ ।
भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले केही खुकुलो पारिए पनि प्रतिबन्ध सेप्टेम्बर २८ सम्म जारी रहने बताएका छन् ।
भिक्टोरिया अष्ट्रेलियामा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको केन्द्र बनेको छ । अष्ट्रेलियामा कोरोना भाइरसको कारण मृत्यु हुने ७५३ मध्ये ९० प्रतिशत भिक्टोरियाका मानिस छन् ।
दुई करोड ५० लाखको हाराहारीमा जनसंख्या रहेको अष्ट्रेलियामा समग्रमा २६ हजार संक्रमित फेला परेका छन् । अक्टोबरदेखि त्यहाँ चरणबद्धरुपमा प्रतिबन्ध हटाइने तयारी रहेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै जुलाई ९ देखि दोस्रोपटक लकडाउन गरिएको थियो, जुन सेप्टेम्बर १३ मा सकिँदै थियो । तर, त्यसअघि नै थप २ हप्ता लकडाउन थपिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।